काठमाडौँ – तपाईँलाई अचम्म लाग्ला कुनै देशको राष्ट्रिय गान आधिकारिक शब्दबिनाको छ भन्ने सुन्दा ।
तर यो देश तपाईँले सुन्दै आएको देश स्पेन हो । यो देशको राष्ट्रिय गानमा शब्द छैन ।
स्पेनको राष्ट्रिय गानलाई ‘मर्चा रियाल’ भनिन्छ । यसको नामबाटै स्पष्ट हुन्छ यो चार–चार पटकको सैन्य मार्च (परेड) हो । ‘मर्चा रियाल’ दुई मिनेटको हुन्छ तर खेलकुद प्रतियोगितामा बजाइने ‘मर्चा रियाल’ करिब ४० सेकेन्डको मात्र हुन्छ ।
‘मर्चा रियाल’ कहिले सुरु गरियो भन्ने स्पष्ट तिथि छैन तर सन् १७६१ तिर म्यानुयल डी इस्पिनोसाले ‘ला मर्चा ग्रानाडेरा….’ नयाँ सैन्य मार्च सङ्गीतबद्ध गरेको इतिहासमा उल्लेख गरिएको छ ।
सन् १७७० मा कार्लोस तृतीयले आफू आउँदा ‘ला मर्चा ग्रानाडेरा….’ बजाइए आफूलाई खुसी हुने आदेश जारी गरेपछि यसलाई राष्ट्रिय गान बनाइयो । इसाबेला द्वितीयको शासनकाल सन् १८३३–६८, मा यसलाई औपचारिक रूपमा स्पेनको राष्ट्रिय गान बनाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया