मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काभ्रेका अतित लामा बने ‘मिस्टर तामाङ–२०२४’

काठमाडौं- प्रतियोगी नम्बर १४ काभ्रेका अतित लामा बोम्जनले पहिलो मिस्टर तामाङ २०२४ उपाधी हात पारेका छन् ।

मंगलवार जमलस्थित राष्ट्रिय नाचघरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यता भएको ग्राण्ड फिनालेमा उनले १४ जनालाई पछाडि पार्दै उपाधी हात पारेका हुन् ।

‘आधुनिक समाजमा टेक्नोलोजीले सम्बन्ध र सन्चारलाई कसरी प्रभाव पारेको छ ?’ भन्ने निर्णायकको प्रश्नका अतितले आधुनिक समाजमा सञ्चार एवं प्रविधि दुवैले पारदर्शी र निकट सम्बन्ध बढाइरहेको भन्दै जवाफ दिएका थिए । 

त्यस्तै, फर्स्ट रनरअप प्रतियोगी नम्बर ९ काभ्रेका अनिल तामाङ र प्रतियोगी नम्बर १ झापाका विश्वराज स्याङ्बो सेकेन्ड रनरप भएका छन् । विजेता तीनै जनाले क्रमश : क्राउनसहित ५० हजार,३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । निर्णायक टाेलीमा अमिर दोङ, चाँदनी मोक्तान, अरुणा श्रेष्ठ र केडी मोक्तान रहेका थिए ।

प्रतियोगितामा टप १५, टप १० र टप ६ हुँदै उत्कृष्ट तीन प्रतियोगीको छनोट गरिएको थियो । प्रतियोगितामा फोटोजेनिक अवार्ड बिक्रम तामाङ,बेस्ट वाक अवार्ड रबिन घिसिङ तामाङ, पब्लिक चोइस र मिस्टर पपुलर अवार्ड प्रयास गोले, बेस्ट पर्सनालिटी अतित लामा,मोस्ट डिसिप्लिन अवार्ड सुशील बोम्जन,बेस्ट स्माइल अवार्ड भुपेन्द्र लोप्चन र बेस्ट फ्रेन्डसीप अवार्ड रितिन दोर्जे लामाले हात पारेका छन् ।

मम्स इन्टरनेशनल नेपालले ‘तामाङ कला र प्रतिभाको सम्मान’ भन्ने नाराका तामाङ भाषा, धर्म, कला, भेषभूषा, रीतिरिवाज, संस्कृति, रहनसहनलाई तामाङ युवापुस्तामाझ पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो । 

प्रतियोगिताको यो पहिलो संस्करण हो । १६ देखि ३० वर्षसम्मका पाँच फिट उचाइ भएका देश भरिका तामाङ युवाहरुलाई प्रतियोगिताका लागि आवेदन दिन आह्वान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?