काठमाडौँ – पेटमा अल्सरको समस्या तब हुन्छ जब खाना पचाउने रसले पेटको अस्तरलाई बिस्तारै बिग्रन्छ। समयमै यसको उपचार हुन नसके भविष्यमा यो समस्याले गम्भीर रुप लिन सक्छ ।
अल्सर एक प्रकारको घाउ हो जसले शरीरका अन्य भागहरूमा पनि असर गर्न सक्छ। पेटको अल्सर सामान्य छ, यसलाई पेप्टिक अल्सर पनि भनिन्छ।
पेप्टिक अल्सर खानाको नली, आन्द्रा वा पेटको भित्तामा पनि हुन सक्छ। यदि तपाईलाई पेटमा अल्सर छ भने, यसले पेटको माथिल्लो भागहरूमा गम्भीर पीडा निम्त्याउन सक्छ। यसका साथै अपच र जलन हुने समस्या पनि हुन सक्छ ।
अल्सर धेरै गम्भीर हुँदैनन् तर समयमै उपचार गरिएन भने यसले क्यान्सरको रूप पनि लिन सक्छ।
NCBI मा प्रकाशित एक अध्ययन अनुसार एलोभेरामा एन्टी-इन्फ्लेमेटरी गुण हुन्छ। जुन अल्सरबाट बच्न लाभदायक हुन्छ । पेटमा अल्सरको समस्या छ भने एलोभेराको जुस अवश्य पिउनुहोस् ।
प्रोबायोटिक पेटको लागि धेरै राम्रो छ। यो खाँदा पेट चिसो रहन्छ । साथै पेटमा पाइने खराब ब्याक्टेरिया बिस्तारै कम हुँदै जान्छ । अल्सरमा दहीको सेवन गर्नुपर्छ ।
बेसारमा कर्क्युमिन हुन्छ जुन अल्सरका बिरामीले खानुपर्छ । यसमा पाइने एन्टी-इन्फ्लेमेटरी र एन्टीअक्सिडेन्ट गुणले अल्सरको घाउ निको पार्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया