मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

१२औँ नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १० देशका २८ चलचित्र चयन

काठमाडौँ – यही ७ असारबाट ९ असारसम्म काठमाडौँमा आयोजना हुने ‘१२ औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४’ मा नेपाल सहित १० देशका २८ वटा चलचित्र, वृत्तचित्र तथा लघु चलचित्र चयन भएका छन् । यो महोत्सव विगत १३ वर्षदेखि आयोजना हुँदै आएको छ ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा हुन लागेको १२ औँ संस्करणको यो महोत्सवमा यसपटक साउथ अफ्रिका, इजिप्ट, तान्जानियाँ, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमईका गरी नौ देशबाट ८ वटा अफ्रिकन चलचित्र चयन भएका छन् ।

जसमा फुल्स र द चेस्लर गरी २ वटा चलचित्र, वी ह्याभ नेभर बिन किड्स र ह्वाईट पोसन गरी २ वटा वृत्तचित्र छन् । यस्तै डाईनिज, अफस्प्रिङ, सर्भाईभर र इग्नोरेन्स इज अ लाईफस्टाईल गरी ४ वटा लघु चलचित्र छन् ।

यसपटक १५ भन्दा बढी मुलुकका चार दर्जन भन्दा बढी अफ्रिकन चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र प्राप्त भएकोमा महोत्सवको लागि ८ वटा अफ्रिकन चलचित्र चयन गरिएको आयोजक पक्षले जनाएको छ ।

यस्तै महोत्सवमा नेपालबाट ७ वटा नेपाली र आदिवासी चलचित्र, ३ वटा वृत्तचित्र र १० वटा लघु चलचित्र गरी २ वटा चयन भएको हो ।  नेपालबाट ७३ वटा चलचित्र, वृत्तचित्र तथा लघु चलचित्र प्राप्त भएकोमा निर्णायक टिमले फेस्टिभलको लागि २० वटा चयन गरिएको हो ।

चयन भएको नेपाली तथा आदिवासी चलचित्रमा सरी मम, काँडेतार, गोर्खा वारियर, सनाखत, आफ्नै कर्म, लोजिमा र रित रहेका छन् । यस्तै वृत्तचित्र तर्फ जर्नी टु गोक्यो, काँचो बायु र चेसिङ द ड्रिम रहेका छन् । महोत्सवमा छानिएका नेपाली लघु चलचित्रहरुमा सिगरेट, आमा, ऐना, ढुकढुकी, घटेरो, हे दैव, जुत्ता, म्यारिज डे, मातृत्व र रोटेन ब्लड रहेका छन् ।

यो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको यसकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले जानकारी गराएकी छिन्,‘महोत्सवको तयारी तीव्र गतिमा भइरहेको छ । 

हामीले नेपाल र अफ्रिकाको संस्कृति आदान प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्विपलाई जोड्न १३ वर्ष अघिबाट यो महोत्सव निरन्तर आयोजना गर्दै आएका छौँ र महोत्सवले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो उद्देश्य रहेको छ ।

’ महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले भनिन्,‘हामीले अफ्रिकालाई पश्चिमा देशको दृष्टिकोणबाट हेर्दै आएका छौँ । अफ्रिका विभिन्न मात्र हैन, त्यत्तिकै सुन्दर र सम्पन्न पनि छ भन्ने कुरा त्यहाँका चलचित्रबाट हामीले अफ्रिकालागि विगत झैँ यस पटक पनि यो महोत्सवमा हेर्ने छौँ ।’

नेपाली र अफ्रिकन चलचित्रको सम्बन्धलाई जोड्दै दुई फरक महाद्विपको  संस्कृति चलचित्र मार्फत आदान प्रदान गर्नको लागि यो महोत्सव आयोजना गर्दै आएको पनि महोत्सव निर्देशक क्षत्रीले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?