हामी साँझ बिहान खानासँग तरकारी राखेर खाने गर्छौैै । र तरकारी सधै स्वस्थ र ताजा खानुपर्दछ । र खानाको तुलनामा हामीले तरकारी धेरै मात्रामा खानुपर्दछ ।
स्वस्थ रहन चाहने सबै मानिसले हरेक दिन आफ्नो भोजनमा ताजा तरकारी समावेश गर्नुपर्छ । तरकारीमा भरपुर मात्रामा पोषक तत्त्व पाइन्छ । यसको सेवनले शरीरलाई स्वस्थ राख्न मद्दत मिल्छ ।
बिरामीबाट बच्न सबैले यस्तो गर्न जरुरी छ । तरकारी हाम्रो भोजनको अहम् हिस्साका रूपमा रहेको छ । हरेक दिन हामीले पर्याप्त मात्रामा तरकारी खानु पर्छ । तरकारीमा रहेको पोषक तत्त्वले हामीलाई फिट राख्छ अनि रोगहरूबाट पनि बचाउँछ ।
महिला र पुरुषले प्रतिदिन कति मात्रामा तरकारी खानु पर्छ यस विषमा धेरै जना अनविज्ञ हुनुहुन्छ । धेरैलाई यो कुरा थाहा हुँदैन ।
यूएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (यूएसडीए)का अनुसार सबै वयस्क महिलाले दैनिक २.५ देखि ३ कप तरकारी खानु पर्छ । यसैगरी वयस्क पुरुषले भने प्रतिदिन ३ देखि ४ कप तरकारी खानु पर्छ । यो भन्दा धेरै खाइयो भने पनि फाइदा नै हुन्छ । तर यो भन्दा कम खाँदा चाहिँ स्वास्थ्य बिग्रन सक्छ ।
६० वर्षभन्दा बढी उमेरको महिलाले भने दिनमा २ देखि ३ कप तरकारी खानु पर्छ । यही उमेरका पुरुषहरूले प्रतिदिन २.५ देखि ३.५ कप तरकारी खानु पर्ने बताइएको छ । यसरी हेर्ने हो भने महिलाले भन्दा पुरुषले बढी तरकारी खान जरुरी छ ।
बच्चाहरूले भने दैनिक १ देखि २ कप तरकारी खानु पर्छ । कम तरकारी खाँदा शरीरमा पोषक तत्त्वको कमी हुन्छ अनि विभिन्न समस्याको सामना गर्नु पर्ने हुन सक्छ ।
हार्वर्ड विश्वविद्यालयको एउटा रिपोर्टका अनुसार फलफूल र तरकारी खाँदा हाम्रो शरीरको सबै अङ्गलाई फाइदा पुग्छ, जरुरी मात्रामा पोषक तत्त्व प्राप्त हुन्छ । तरकारीले रक्तचाप कम गर्न सक्छ अनि मुटुसम्बन्धी रोगबाट पनि बच्न सकिन्छ । रगतमा चिनीको मात्रा नियन्त्रण गर्न पनि तरकारी सहयोगी हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया