काठमाडौँ– चिनियाँ वैज्ञानिकहरूले सोरा जस्तै टेक्स्ट टु भिडिओ टुल बनाएको दाबी गरेका छन् ।
टिकटक शैलीको एप बनाएर चिनिएको ‘क्वाइशो टेक्नोलोजी’ नामक चिनियाँ कम्पनीले सोरालाई टक्कर दिने टुल बनाएको जनाएको हो । यस कम्पनीले नयाँ टुक्स्ट टु भिडिओ मोडलको नाम क्लिङ दिइएको छ ।
यो टुलले पनि १०८० रेजोलुसनको दुई मिनेटसम्मको भिडिओ बनाउन सक्छ । यहि कारण क्लिङमा प्रयोग भएको प्रविधि सोरा जस्तै भएको बताइएको छ ।
अहिले यो एआई मोडललाई कम्पनीले आफ्नो क्वाइशो एपमार्फत चलाउन पहुँच दिइरहेको बताइएको छ । तर सो एप चलाउन भने चिनियाँ फोन नम्बर आवश्यक पर्ने उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया