काठमाडौँ – बलिउड अभिनेता कार्तिक आर्यनले केही वर्षअघि फेयरनेस क्रिमको विज्ञापन गरेका थिए। तर अहिले अभिनेताले यस्ता विज्ञापन गर्न बन्द गरेका छन् । यसको कारण पनि उनले दिएका छन् ।
पान मसाला र फेयरनेस क्रिमको विज्ञापनलाई लिएर स्टारहरू पटक पटक विवादमा परेका छन् । भर्खरै अभिनेता कार्तिक आर्यनले पनि आफूलाई पनि फेयरनेस क्रिम र पान मसालाको विज्ञापनको अफर आएको तर उनले ती सबै अस्वीकार गर्दै आएको खुलासा गरेका हुन् ।
कार्तिक आर्यन केही वर्षअघि फेयरनेस क्रिमको विज्ञापनमा देखिएका थिए । यो कुरालाई लिएर निकै हंगामा भयो, त्यसपछि अभिनेताले यस्ता विज्ञापन गर्न बन्द गरे । द लालनटपसँग कुरा गर्दै कार्तिकले भने, ‘धेरै पहिले फेस क्रिमको विज्ञापन गरेको थिएँ तर त्यसलाई रोकिदिएँ ।
फेयरनेस क्रिमको ब्राण्ड एन्डोर्समेन्टको बारेमा कुरा गर्दै कार्तिक आर्यनले भने– ‘म यससँग सम्बन्धित हुन सक्दिन । मैले यसलाई नविकरण गरिन किनभने त्यसपछि मैले बुझें कि यो गलत हुन सक्छ। मैले धेरै ब्रान्डबाट अफर पाएँ, जसलाई मैले अस्वीकार गरें। सुपारी, पान मसाला ब्रान्डहरू जस्तै। म ती चीजहरूसँग सम्बन्धित छैन र म सकेसम्म यी चीजहरूलाई अस्वीकार गर्ने प्रयास गर्छु।
कार्तिक आर्यनलाई पान मसाला वा फेयरनेस क्रिमको समर्थन गर्ने अन्य स्टारहरूको बारेमा उनको राय सोधिएको थियो। यसको जवाफमा अभिनेताले भने, ‘म भन्न सक्दिन कि को सहि हो वा गलत, सबैको आफ्नो सोच्ने तरिका हुन्छ । तर यो मेरो योजनामा मेल खाँदैन।
कार्तिक आर्यन यतिबेला आफ्नो आगामी फिल्म ‘चन्दु च्याम्पियन’ लाई लिएर चर्चामा छन् । उनको फिल्म १४ जुन २०२४ मा थिएटरहरूमा रिलिज हुँदैछ। यसबाहेक अभिनेतासँग ‘भुल भुलैया ३’ र ‘क्याप्टेन इन्डिया’ पनि पाइपलाइनमा छन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया