मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् माछा खाँदा पाइने स्वास्थ्य लाभहरू

भिटामिन, मिनिरल र पोषणको भरपुर भण्डार हो, माछा । यसमा प्रोटिन, ओमेगा–३, फ्याटी एसिड, भिटामिन कम्पलेक्स, क्याल्सियम जस्ता गुण पाइन्छ । कम बोसोयुक्त स्वास्थ्यवर्धक माछा सातामा एक पटक खाँदा मात्र निकै धेरै लाभहरू पाउन सकिन्छ ।

यस्ता छन् माछा खानुका फाइदाहरू :
क) उच्च रक्तचाप घटाउन
उच्च रक्तचापका समस्या भएकाहरूले माछा सेवन गर्नु निकै फाइदाजनक हुन्छ । यसले शरीरमा कोलोस्टोरको स्तर कम गर्छ ।

ख) मधुमेह नियन्त्रण
मधुमेह रोगीका लागि माछाको सेवन एकदमै लाभदायक हुन्छ । यसले मधुमेहको स्तर घटाउन मद्दत गर्दछ ।

ग) आँखाको ज्योति बढाउन
आँखाको ज्योति बढाउन पनि माछा सेवन लाभदायी हुन्छ । माछा सेवनले दूरदृष्टि, निकट दृष्टि, मोतियाबिन्दु, आँखामा जलन, सुख्खापन जस्ता समस्या घटेर जान्छ।

घ) मुटु स्वास्थ्य राख्न
माछामा ओमेगा–३ र फ्याटी एसिड पाइने भएकाले यसले मुटुको धमनी स्वास्थ्य र सुचारु राख्न सहयोग गर्दछ । मुटुको रोगीलाई माछाको सेवन अत्यन्त लाभदायक हुन्छ ।

ङ) छालालाई चम्किलो पार्न
छालाको समस्यामा पनि माछाको सेवन उपयुक्त मानिन्छ । यसले अनुहारको फुस्रोपन, दाग आदि हटाउन सहयोग गर्छ ।

च) गर्भावस्थामा
गर्भावस्थामा माछाको सेवनले आमा र गर्भको बच्चा दुबैलाई फाइदा पुर्‍याउँछ । गर्भवतीका लागि आवश्यक भिटामिन, मिनिरल, पोषण माछाको सेवनले पूर्ति गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?