मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तामाको भाँडामा नराख्नुस् यस्ता चिज, नत्र बन्ने छ  विष समान

काठमाडौँ – तामाको भाँडामा पानी राखेर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने विषयमा सबैलाई जानकारी भए पनि केही चिजहरू तामाको भाँडामा राख्दा विष समान बन्छ भन्ने कमैलाई थाहा होला ।

आज हामीले तामाको भाँडामा केही चिजहरू राखेर खाँदा त्यसले मानव स्वास्थ्यलाई पुर्‍याउने असरका बारेमा जानकारी दिएका छौँ ।

– अचार तामाको भाँडामा कहिल्यै पनि राख्नुहुँदैन । अचारमा भएको तत्त्व कपर पोइजनिङ्गमा परिणत हुन्छ, जसको प्रयोगले स्वास्थ्यलाई हानी गर्छ ।

– दहीलाई तामो भाँडामा राखेमा त्यसमा भएको पोषक तत्त्व उल्टै विषमा परिणत हुन्छ । तामाको भाँडामा राखेको दही खाँदा यसले पनि स्वास्थ्यमा असर पुर्‍याउँछ ।

– दूध पनि तामाको भाँडामा राख्दा दही जस्तै दूधमा भएको पोषक तत्त्व विषमा परिणत हुन्छ । यसको सेवन गर्दा मानिसलाई वाकवाकी लाग्ने पेट दुख्ने लगायतका समस्या देखिन्छन् ।

– लेमन जूस पनि तामाको भाँडामा राख्नुहुन्न । यसमा भएको एसिड तामासँग रियाक्सन भएर विष समान बन्छ । जुन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । तामाको भाँडामा राखेको लेमन जुस खाँदा ग्याष्टिक बढ्ने, पेट दुख्ने समस्या देखिन्छ ।

– अमिलो खालका फलफूल, तरकारी लगायतका चिजहरू तामाको भाँडामा राख्नुहुन्न । यसरी तामाको भाँडामा राखेको खाएमा स्वास्थ्यमा असर पुर्‍याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?