काठमाडौँ– काठमाडौँमा खुल्ला ‘गुँला’ बाजा प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभागको आयोजनामा राष्ट्रिय सभा गृहमा सो प्रतियोगिता सम्पन्न भएको हो ।
स्वर्णिम योजना सांस्कृतिक महानगरपालिकाअन्तर्गत बौद्ध धर्मावलम्बीको परम्परागत बाजाको प्रतियोगिता सम्पन्न भएको हो ।
सो धास् बाजं धेँ धेँ बल्ला कासामा २२ वटा समुहहरूको सहभागिता रहेको थियो । सो प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरकी उपप्रमुख सुनिता डङ्गोलले गरेकी थिइन् ।
नेवारी भाषामा ‘ला’को अर्थ महिना र ‘गुँ’को अर्थ पहाड र जङ्गल भन्ने हुन्छ । विक्रम संवत् अनुसार साउन शुक्लपक्ष प्रतिपदा देखि भाद्र शुक्लपक्ष प्रतिपदा सम्म एक महिनाको अवधि नै गुंला हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया