मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हरियो धनियाँको सेवन गर्नुहोस् , हुनेछन् यस्ता फाइदा 

धनियाँ हाम्रो भान्सामा भइरहने मसला हो । यसले खानामा स्वाद र सुगन्ध थपिदिन्छ । तरकारी पकाइसकेपछि हरियो धनियाँ माथिबाट राखेपछि हेर्दा आकर्षक र स्वादमा पनि बढवा दिन्छ ।

साथै स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । स्वाद बढाउनुका साथै धेरै पोषक तत्त्वहरूले भरिपूर्ण हरियो धनियाँले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरू हटाउँछ । 

सामान्यतः धनियाँमा प्रोटिन तथा भिटामिन ‘ए’, ‘सी’, र ‘के’, पाइन्छ । यति मात्र नभई यसमा क्याल्सियम, पोटासियम, फस्फोरस, नियासिन, थियामिन, कैरोटिनसमेत पाइन्छ । धनियाँको पातमा फाइबर आइरन, म्याग्नेसियम पनि पाइन्छ । 

यसका फाइदाहरू 

–आँखाको ज्योति बढाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । हरियो धनियाँमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ, जसले आँखालाई स्वस्थ राख्न मद्दत गर्छ । यसले आँखाको ज्योति पनि बढाउँछ ।

–रोग प्रतिरोधी क्षमता बढाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । हरियो धनियाँमा भिटामिन सी हुन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाएर बढ्न पनि मद्दत गर्छ । 

–यसमा धेरै प्रकारको रोग हटाउने क्षमता हुन्छ । हरियो धनियाँले थकान हटाउँछ, स्फूर्ति ल्याउन समेत सहयोगी हुन्छ । 

–धनियाँमा भिटामिन ‘ए’ प्रशस्त मात्रामा पाइने भएकाले यो आँखाका लागि समेत अति उपयोगी मानिन्छ । 

–हरियो धनियाँको सेवन मधुमेह रोगीका लागि निकै फाइदाजनक मानिन्छ । हरियो धनियाँले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । साथै यसको दैनिक सेवनले रगतमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न सकिन्छ ।

–रक्तअल्पता हटाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । हरियो धनियाँमा प्रशस्त मात्रामा आइरन पाइन्छ, जसले रक्तअल्पताको समस्यालाई हटाउन मद्दत गर्छ । शरीरमा रगतको कमी पूरा गर्न हरियो धनियाँको सेवन गर्नुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?