मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाईँलाई थाहा छ सपनाबारे यी तथ्य ?

– कहिलेकाहीँ सपनामा बिलकुलै नयाँ अनुहारलाई पनि देख्ने गरिन्छ । यस्तो वेला लाग्न सक्छ कि त्यो अनुहारलाई कहिल्यै देखेकै छैन । तर, सपनामा धेरैजसो चिनेकै व्यक्तिलाई सपनामा देखिन्छ ।

– विज्ञहरूका अनुसार देखेकोमध्ये ९० प्रतिशत सपना बिर्सन्छौँ । यो सङ्ख्या व्यक्तिपिच्छे फरक पर्ने गर्छ । यद्यपि, सत्य के हो भने धेरैले देखेको धेरै सपना बिर्सन्छन् । 

– दृष्टिविहीनहरूले पनि सपना देख्छन् । तर, उनीहरूले देख्ने सपना फरक हुन्छ । विज्ञहरूका अनुसार दृष्टि भएकाहरूले देख्ने र दृष्टिविहीनहरूले देख्ने सपना फरक हुन्छन् ।

– कतिपयले सोच्छन् होला, सपना याद नै छैन भन्ने व्यक्तिहरूले सपना नै देख्दैनन् । तथ्यले अरू नै देखाएको छ । केही व्यक्तिले आफूले देखेको सबै सपना पूर्ण रूपमा बिर्सन्छन् । तर, त्यसको अर्थ यो होइन कि उनीहरूले सपना नै देख्दैनन् । 

– कहिलेकाहीँ नयाँ अनुहार पनि देखिन सक्छ । कतै बाटो हिँड्दा एक झलक मात्रै भए पनि देखेकै व्यक्ति सपनामा देखिन्छ । बाटो हिँड्दा नजिक भएर गएको अनुहारलाई पनि सपनामा देखेको हुन सक्छ । 

– प्रायः सपना रङ्गिन नै देखिन्छ । तर, कतिपयले देख्ने सपना रङ्गहीन पनि हुन्छन् । श्यामश्वेत सपना । जसमा कुनै कलर हुँदैन । केही व्यक्तिलाई उसले देखेको सपनाको रङ्ग कस्तो थियो भन्नेबारे जानकारी पनि हुँदैन । 

– औसतमा एक जना स्वस्थ्य र सामान्य व्यक्तिले एक रातमा चारदेखि सात वटासम्म सपना देख्छ । त्यसमध्ये कुनै सपना पूरै र लामो समयसम्म पनि सम्झिन्छ । केही सपना भने क्षणभरमै बिर्सन्छ । 

– बिरालो वा कुकुरजस्ता घर पालुवा जनावरले मानिसले सपनामा गर्ने जस्तै व्यवहार गरेको देखिन्छ । दबिएको स्वरमा कराएको वा रोएको सुनिन्छ । वा, उनीहरूले सुतेको वेला पनि अरू वेलामा हिँडेको जस्तै गरी खुट्टा चलाएको देखिन्छ । यसबाट के प्रस्ट हुन्छ भने यी जनावर सुतिरहेकै समयमा पनि उनीहरूको दिमागमा केही न केही त भइरहेकै छ ।

– कहिलेकाहीँ निदाउँदा देख्ने सपनालाई पनि वास्तविक जीवनमा भइरहेका कुराले प्रभाव पार्ने गरेको हुन्छ । जस्तो कि कसैले सपनामा बेजोडले पिसाब लागिरहेको र ट्वाइलेट जान खोजिरहेको सपना देखिरहेको हुन्छ । उक्त व्यक्ति तत्काल ब्युँझिदा वास्तवमै पिसाब लागिरहेको हुन्छ । यो सामान्य कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?