मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्तानको दायित्व बोध गराउने ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक

काठमाडौं । ‘आमा बाबुको सपना बुढेसकालको साहारा छोरा’ भन्ने भाव बोकेको गीतिकथा ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक गरिएको छ ।

छोराले आमा बाबुलाई गरेको अपहेलना, हुर्किएको छोरो अनि बुहारीको बचन, बुढेसकाल लागेकी आमालाई वृद्धाश्रम पठाउन कस्सिने प्रवृति देखाइएको गीतमा शब्द र सङ्गीत राजनराज शिवाकोटीको रहेको छ । गायनमा राजनलाई टिका पुन र रिता केसीले साथ दिएका छन् ।

भिडियोमार्फत आमालाई गर्नु पर्ने माया र कर्तव्यको बोध गराउने उदेश्य राखिएको बताईएको छ । विभोर पोख्रेलले निर्देशन गरेको भिडियोमा हिउँवाला गौतम, सुवास सिंह ठकुरी, कृतिशा केसी, दीपिका भट्ट, सुनिल बुढाथोकी र खेम नेपालीको अभिनय रहेको छ ।

बाल कलाकारको रूपमा अस्लिशा लोहनी र दिव्यांश सिग्देलले अभिनय गरेका छन् । विशाल थापाले खिचेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?