मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तेस्रो पटक प्रधानमन्त्री बन्ने तयारीमा मोदी

काठमाडौँ – नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीको रूपमा तेस्रो पटक शपथ लिने तयारी शुरु गरेका छन् । भारतीय मिडियाका अनुसार मोदीले आगामी शनिबार शपथ लिने भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार यस समारोहका लागि मोदीले नेपालसहितका छिमेकी देशका नेताहरूलाई निमन्त्रणा पठाएका छन् । जसमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मोरिसस र भुटानका नेताहरूलाई निमन्त्रणा पठाइएको छ ।

मोदीले बुधबार नै प्रचण्डसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल भारको साझेदारीलाई झन् बलियो बनाउने सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । 

मत गणनापछि भारतीय जनता पार्टीले बहुमत गुमाए पनि एनडीए गठबन्धन बहुमतमा रहेको छ । प्रधानमन्त्री मोदीले आफ्नो बुधबार नै राजीनामा दिएका छन् अब नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने बताइएको छ । सम्भवतः मोदीले आज नै सरकार गठनको दाबेदारी गर्ने छन् ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?