मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रवीणको दोस्रो साहित्यिक कृति ‘चिया गफ’ सार्वजनिक

काठमाडौं । साहित्यकार प्रवीण खालिङको दोस्रो साहित्यिक कृति ‘चिया गफ’ निबन्ध संग्रह सार्वजनिक गरिएको छ । गान्तोकस्थित रचना बुक्समा आयोजित कार्यक्रममा साहित्यकार सुधा एम राई, उषा शर्मा, रत्ना लक्सम सुब्बा, छुदेन काबिमो, छेवाङ योञ्जन, कर्ण विरह, मिलन बान्तवा र पदम खालिङले संयुक्त रूपमा कृति सार्वजनिक गरिएको हो ।

चिया गफ नयाँ शैलीमा लेखिएको निबन्ध संग्रह रहेको प्राध्यापक टीबी छेत्रीले बताए। “चिया गफको मियो कञ्चनजंघा रहेको छ। यसैको सेरोफेरोका जीवन र भोगाइलाई ग्लोबल कन्टेक्स्टमा लेखिएको कृति हो। गफभित्र मिथ र पुराण कथालाई जीवन्त बनाएर प्रस्तुत गरिएको छ,” उनले भने, “गम्भीर रूपले पठन गर्नुपर्ने कृतिको रूपमा चिया गफ रहेको पाएँ।”

कार्यक्रममा सिक्किम, दार्जिलिङ, सिलिगुढी र कालिम्पोङका सर्जकहरूको सहभागिता थियो। कवि कर्ण विरह, मिलन बान्तवा, सुरज शर्मा, सविना राई, राधा पाण्डे, सुचन प्रधान, कृष्ण शर्माले कविता वाचन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?