मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सहकारीको बचत छानबिन गर्ने संसदीय समितिको पहिलो बैठक आज बस्दै

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको पहिलो बैठक आज बस्ने भएको छ ।

समितिको पहिलो बैठक आज सभामुखको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा २ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । 

सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिनको माग गर्दै संसद अवरोध गरेपछि यहि जेठ १५ गते एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भएको थियो । 

७ सदस्यीय समितिमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट सांसदहरु ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?