मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दुब्लो, पातलो हुनुहुन्छ ? यी चीज खानुस्

कोही व्यक्ति जति खानेकुरा खाए पनि फुर्तिलो, बलियो, जाँगरिलो र मोटो हुँदैनन् । जति सुकै प्रोटिनयुक्त वा सन्तुलित खाना खाए पनि एकदम दुब्लो, पातलो र कमजोर हुन्छन् । आफ्नो शरीरलाई लिएर उनीहरू चिन्तित पनि हुन्छन् ।

दुब्लो पातलो भएकै कारण कतिपय मानिसहरू तौल बढाउने अर्थात् मोटाउने औषधी खान्छन् तर यस्ता औषधिहरूले स्वास्थ्यमा गम्भीर हाने पुर्‍याउने गर्छ । चिकित्सकहरू पनि यस्ता औषधिहरू सेवन नगर्न सुझाव दिन्छन् ।

हाम्रो शरीरको वजन बढाउन र पातलो वा दुब्लो शरीरलाई फुर्तिलो बनाउन कार्बोहाइड्रेट र प्रोटिनले महत्त्वपूर्ण भूमिका खेल्दछ। प्रोटिन र कार्बोहाइड्रेटले भरिपूर्ण केही चिजहरूको खानाले साता दिनमै तपाईँको शरीरको वजन बढ्नेछ ।

तपाई शरीरको तौल बढाउन चाहनुहुन्छ भने घरमा साबुदानाको खीर र आलु खानुहोस् । हरेक दिन दूधमा साबुदाना मज्जाले पकाएर खीर बनाएर खाने गर्नुहोस् । यसले शरीरमा ऊर्जा प्रदान गर्नुका साथै जस्तोसुकै पातलो मान्छे पनि बलियो, मोटो र मजबुत हुन्छ।

त्यस्तै उसिनेको आलु खानुस् यसले पनि तपाईँको तौल बढाउन मद्दत पुर्‍याउँछ । आलुमा भरपुर मात्रामा कार्बोहाइड्रेट हुन्छ जसले पातलो वा दुब्लो व्यक्तिलाई फुर्तिलो र स्फूर्त बनाई शरीरको तौल बढाउँछ। यो तरिका तौल बढाउनको शत प्रतिशत प्रभावकारी हुने आयुर्वेदिक घरेलु उपाय हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?