काठमाडौँ– केटा होस् या केटी जुनसुकै उमेर समूहका मानिसले स्मार्ट देखिनका लागि घडी लगाउने गर्छन् ।
त्यसमध्ये पनि प्रायजसो मानिसहरूले स्मार्टवाच नै खरिद गर्ने गर्छन् । स्मार्टवाचले स्मार्टफोनले गर्ने धेरै सुविधाहरू प्रदान गर्दछ । तर यसका केही बेफाइदाहरू पनि छन् ।
आज हामी तपाइलाई स्मार्टवाचका केही फाइदा र बेफाइदाका बारेमा जानकारी दिँदै छौँ ।
फिटनेस ट्र्याकिङस् स्मार्टवाचले तपाईँको व्यायाम गतिविधि र स्वास्थ्य सम्बन्धी डाटा ट्र्याक गर्ने गर्दछ । यसले तपाईँलाई फिट रहन मद्दत गर्दछ । यस्तै स्मार्टवाचले तपाइको स्मार्टफोनसँग कनेक्ट गर्नसमेत सकिन्छ ।
यस्तै स्मार्टवाचले नेभिगेसनको समेत सुविधा समेत दिने गर्दछ । जसले गर्दा तपाइलाई आफ्नो गन्तव्यमा पुग्न मद्दत गर्छ ।
तर यसका साथै स्मार्टवाचका केही बेफाइदाहरू पनि रहेका छन् । स्मार्टवाचले उच्च ब्याट्रीको सुविधा दिए पनि ब्याट्री चाँडै समाप्त हुने जोखिम भने रहन्छ ।
यसका साथै स्मार्टवाचको स्क्रिन पनि कमजोर हुनेभएकोले यो सजिलै भाँचिन वा बिग्रन सक्छ । यो ह्याक हुने खतरा पनि रहन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया