हाम्रो शारीरिक र मानसिक विकासमा हामीले खाने खानाको मुख्य भूमिका रहन्छ ।
अझ बालबालिकाको शरीरको विकासमा खानपान मुख्य कारक हुन्छ । यसका साथै मानसिक स्वास्थ्यको विकास पनि स्वस्थ र पौष्टिक आहारमा भर पर्छ । यदि बच्चाको आहारमा सबै पौष्टिक तत्त्व समेटिएको छ भने मानसिक विकास पनि तीव्र रूपमा हुन्छ ।
व्यक्तिको दिमागको पूर्ण विकास ५ वर्षको उमेरसम्ममा हुन्छ । यस्तो अवस्थामा खानपानमा विशेष ध्यान दिनुपर्छ । बच्चाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, फ्याटी एसिडयुक्त आहारा चाहिन्छ ।
यसले शरीर र दिमागको ऊर्जा कायम राख्छ । बालबालिकाको मस्तिष्कको विकासका बारेमा गरिएको एक अध्ययनमा आमाको खानपानको असर बच्चाको दिमागमा पर्ने तथ्य सार्वजनिक भएको थियो । यदि आमाले गर्भावस्थामा ओमेगा ३ फ्याटी एसिडयुक्त खाना बढी सेवन गर्छिन् भने बच्चाको दिमाग तेज हुन्छ ।
ओमेगा ३ फ्याटी एसिड म्याकरेल, टुना, सारडाइन्स र सालमल माछामा बढी हुन्छ । यसैले बच्चाको स्वस्थ र तेज दिमागका लागि आमाले गर्भावस्थामै यस्ता पदार्थ भएको खाद्यपदार्थ सेवन गर्नुपर्छ ।
यसका अलावा हरियो सागसब्जीमा पनि ओमेगा ३ फ्याटी एसिड पाइन्छ । हरियो सागसब्जी,ओखर,माछा दूध र दहीको सेवन पनि निकै लाभदायी हुने कुरा चिकित्सकहरू बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया