मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनुहारमा बरफ लगाउने गर्नुहोस् आउँछ यति धेरै परिवर्तन 

अनुहारको सौन्दर्य बढाउन बरफको प्रयोग गर्ने गरिन्छ । यसले छाला सुन्दर राख्न मद्दत गर्छ । हामी यो प्रदूषित वातावरण र चर्को घाममा दिनभर भाग दौड गरिरहेका हुन्छौ । 

यसकारण अनुहारमा बरफ लगाउँदा यसले तनाव कम गर्नुका साथै छालालाई पनि सफा र  सुन्दर बनाउँछ । 

यसरी लगाउनुहोस् अनुहारमा बरफ 

–आइस लगाउँदा डाईरेक्ट नभएर नरम कपडामा आइस क्युब बेरेर अनुहारमा बिस्तारै मसाज गर्नुपर्छ । 

–छालामा सिधै आइस क्यूबहरू प्रयोग गर्नुहुँदैन । यसले छालाको मुनिको केशिकाहरूलाई हानि पुर्‍याउन सक्छ । 

–आइस क्युब बनाउँदा दूध मिसाएर अनुहारमा लगाउनुहोस् । दूधमा ल्याक्टिक एसिड हुन्छ जसले छालाको मृत कोशिकाहरूलाई स्क्रब गर्छ र छालालाई प्राकृतिक चमक दिन्छ । 

–अनुहारमा आइस लगाउनाले समयभन्दा पहिले आउने बुढ्यौली र चाउरीपना रोक्न मद्दत गर्दछ ।  

–यसले छालामा रक्तसञ्चार सुधार्न मद्दत गर्छ साथै छालाको चिल्लोपन पनि कम गर्छ । यसका साथै अनुहारको थकान हट्छ र छालाको टोनमा सुधार हुन्छ । 

यस्ता छन् अनुहारमा बरफ लगाउनुका फाइदाहरू

– अनुहारमा बरफ लगाउँदा रक्त प्रवाह बढाउँछ अनि सुन्निएको पनि कम हुन्छ । डन्डीफोर आउन दिँदैन ।

– छालामा बरफ लगाउँदा खुल्ला छिद्रहरू अस्थायी रूपमा साना हुन्छन् । मेकअप गर्नु अघि अनुहारमा बरफ दल्दा यसले छालामा प्राकृतिक प्राइमरको काम गर्दछ ।

– आँखा वरिपरि बरफ लगाउँदा आँखा सुन्निएको कम हुँदै जान्छ । आँखाको डार्क सर्कल हटाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?