मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनुहारलाई सुन्दर बनाउन बिहानै सेवन गर्नुहास् यी चिज

काठमाडौँ– सुन्दर अनुहार बनाउनका लागि तपाई छालामा के मात्रै प्रयोग गर्नुहुन्न । जसमा धेरै स्कीन केयरको सामग्रीहरु पर्ने गर्छन् । अनुहारमा विभिन्न चिज लगाउँदा पनि सुन्दरता आउँदैन । यसमा तपाई खानपानमा केही रुटिनको प्रयोग गर्न सक्नु हुन्छ । यस अवस्थामा हामी तपाईलाई केही मर्निङ ड्रिंक्सको बारेमा जानकारी दिन्छौँ । जसको सेवनले छालाको चमकदार बनाउँछ ।

मनतातो पानी
चिकित्सकको अनुसार यदि तपाई सधैँ पाँच लिटर पानी पिउनु हुन्छ भने तपाईको शरीरभित्रको टाक्सिन सहज रुपमा बाहिर आउन सक्छ । जसले त्वचालाई प्राकृतिक रुपमा मोस्टराइजर रहनुका साथै शरीरलाई सन्तुलनमा पनि राख्ने गर्छ । यस अवस्थामा बिहान मनतातो पानीको सेवन गर्नुपर्छ ।

मह र कागतीको पानी
यदि तपाई मनतातो पानीसँग तीन चम्च मह र कागतीको पानी मिसाएर पिउँदा राम्रो हुन्छ । यसमा एन्टी अक्साइट र एन्टी एन्जिङ विशेषता हुन्छ । यसले शरीरमा भएको टाक्सिनलाई बाहिर निकाल्नको लागि मद्दत गर्छ ।

नरिवल पानी
बिहान खाली पेटमा नरिवल पानी पिउँदा शरीरको हाइड्रेट गर्नको लागि मद्दत गर्छ । नियमित रुपमा बिहान खाली पेटमा नरिवल पानी पिउँदा अनुहारमा आउने रिङ्कल्स, फाइललाइनको कमी गर्नको लागि मद्दत हुन्छ ।

फलफूल र तरकारीको जुस
फलफूल र तरकारीमा भिटामिन र पौषक तत्व हुन्छ । त्वचालाई स्वस्थ राख्नको लागि यसले धेरै फाइदा गर्छ । तपाई यदि बिहान गाँजर, चुकन्दर, अनार, टमाटर, सखरखन्द, सुन्तला, कागती आदीको जुस सेवन गर्नुभयो भने धेरै मिनरल र भिटामिन हुन्छ । जुन हाम्रो स्कीनलाई राम्रो बनाउनको लागि सहयोग गर्छ ।

बेसार र पानी
बेसार एउटा औषधि हो । जसमा भएको एन्टीबायोटिक र एन्टीवायरल उमेर बढ्ने प्रक्रियालाई रोक्छ । तपाई सधैँ दूध र बेसार पिउनु हुन्छ भने त्वचालाई एकदम फाइदा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?