गर्मी र वर्षासँगै सर्पदंशका घटनाहरू वृद्धि हुने गरेको छ भने सचेतना नअपनाएका कारण मृत्यु तथा शारीरिक अपाङ्गता व्यहोर्नुपर्ने अवस्था समेत छ ।
नेपालका झन्डै २६ जिल्लाहरू सर्पदंशबाट अति प्रभावित मानिएको छ। ती क्षेत्रका मानिसले बेलैमा उपचार नपाउँदा, हेलचेक्र्याइँ गर्दा र धामी झाँक्रीको भर पर्दा जटिल समस्या उत्पन्न गरेको र कतिको ज्यान जाने गरेको बताइन्छ।
तर सर्पले कसैलाई हानि पुर्याउनुमा मानिसको लापरबाही पनि उत्तिकै जिम्मेवार हुने गर्छ । सावधानी अपनाउन सके सर्पदंशबाट धेरै हदसम्म जोगिन सकिन्छ । आज हामी सर्पको टोकाइबाट बच्ने उपायबारे चर्चा गर्दै छौ ।
सर्पको टोकाइबाट जोगिन के गर्ने ?
– राती हिँड्नुपरे टर्च लाइट लिएर हिँड्ने
– जुता वा गम बुट लगाउने
– खुट्टा राम्ररी छोप्ने बाक्लो प्यान्ट लगाउने
– घर वरपरको घाँस झारपात काटेर सफा राख्ने
– जमिनका दुलाहरू टाल्ने
– पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउने
– सुत्नअघि ओछ्यान, खाटमुनी र वरपर राम्ररी हेर्ने, सधैँ झुल टाँगेर सुत्ने
सर्पले टोकिहाले के गर्ने ?
– डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने
– सर्पले टोकेको ठाउँमा काट्ने चुस्ने, बाँध्ने नगर्ने
– मलम, रसायनिक पदार्थ तातो चिसो प्रयोग नगर्ने
– विरामीको आत्मविश्वास कायम राख्ने
– धामी झाँक्रीतिर नलाग्ने, विष सोस्ने ढुङ्गाको पछि नलाग्ने
– सम्भव भए सम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने
– जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्र पुर्याउने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया