मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

९० को दशकको सबैभन्दा लोकप्रिय गीत घोषित भयो ‘तुझे देखा तो ये जाना सनम’ 

काठमाडौँ – फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ को गीत ‘तुझे देखा तो ये जाना सनम’ बेलायतमा सर्वाधिक रुचाइएको गीत बनेको छ । यो  गीतलाई बीबीसीले ९० को दशकको लोकप्रिय बलिउड गीतका रुपमा छनोट गरेको हो ।

आदित्य चोपडाको यो फिल्म बलिउडको इतिहासमा सर्वकालिक ब्लकबस्टर हो । शाहरुख खान र काजोललाई कयौँ पुस्तासम्म लोकप्रिय फिल्म स्टार बनाउने श्रेय यही फिल्मलाई जान्छ भने सर्वाधिक लामो समयसम्म प्रदर्शन भएको रेकर्ड समेत यही फिल्मको नाममा छ । 

बीबीसीको एसियाई नेटवर्कले श्रोताहरूलाई ५० दाबेदारीको सूचीमा ९० को दशकको सर्वश्रेष्ठ बलिउड गीत छनोट गर्नका लागि निमन्त्रणा गरेको थियो । जसमा अधिकांशले सन् १९९५ को ब्लकबस्टर फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’को ‘तुझे देखा तो ये जाना सनम’लाई भोट गरेका थिए ।

यो गीतमा कुमार सानु र लता मंगेशकरको स्वर छ । यो गीत यो दशकको संगीत स्ट्रीमिङ प्लेटफर्मममा सर्वाधिक बज्ने गीतमध्ये एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?