मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मेक्सिकोमा पहिलोपटक महिला राष्ट्रपति बन्दै, क्लाउडिया विजयी

काठमाडौँ – क्लाउडिया क्लाउडिया शेनबाउम मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी छन् ।

मेक्सिकोको निर्वाचन आयोगका अनुसार ६१ वर्षीया क्लाउडियाले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरी विजयी भएको जनाएको छ ।

मेक्सिकोमा आइतबार निर्वाचन भएको थियो । यी चुनावमा क्लाउडियाको अगाडि एक महिला उम्मेदवार शोरचिल गल्वेसे थिए । क्लाउडिया स्कोर्चिलभन्दा ३० प्रतिशत बढी मत ल्याएर विजयी भएकी छन् ।

शोरचिल एक व्यापारी हुन् र क्लाउडिया मेक्सिको सिटीको मेयर भइसकेकी छन्। क्लाउडियाले आफ्ना गुरु र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरको स्थान लिनेछन् । उनी १ अक्टुबर सम्म यो पदमा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?