मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साँझको समयमा कस्ता व्यक्तिले चिया पिउनु हुँदैन ?

काठमाडौँ– नेपाली समाजमा चिया भनेपछि मानिसहरु हुरुक्कै हुने चलन छ । बिहान र साँझ मात्र नभएर दिउँसोमा पनि चिया खाने कतिपयको आदत हुन्छ । चिया खाँदा मानव शरीरलाई नोक्सानी हुने विभिन्न अध्ययन तथा अनुसन्धानहरुले समेत देखाइसकेका छन् ।

नेपालमा भने चियाले असर गर्छ भन्ने जान्दाजान्दै पनि धेरै मात्रामा चिया पिउने गरेको पाइन्छ । चिकित्सकहरुका अनुसार चियाले अनिद्राको शिकार बनाउँछ । अझ बढी तौल भएका व्यक्तिले त चिया पिउने नहुने चिकित्सकको सुझाव छ ।

अधिक मात्रामा चियाको सेवन गर्दा चियामा पाइने क्याफिनले हाम्रो शरीरलाई आनन्द त दिन्छ तर उत्तिकै मात्रामा असरसमेत गर्छ । त्यसैले चिकित्सकहरुले चिया धेरै नपिउन सल्लाह दिन्छन् भने कतिपय अवस्थामा चियाको सेवन गर्दा चिलाउने समस्याका साथै एलर्जीसमेत हुन्छ ।

अझ त्यति मात्र नभएर यदि तपाईँलाई ग्यास्ट्रिक छ भने यसले पेटमा निकै असर गर्छ । अत्यधिक चियाको सेवनले खाना नरुच्ने समस्या हुन्छ र यसले अल्सरसम्मको समस्यासमेत निम्त्याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?