काठमाडौँ – सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी स् द डायमण्ड बजार’को दोस्रो सिजन आउने पक्का भएको छ । भेराइटीका अनुसार नयाँ श्रृंखला ल्याउनेबारे नेटफ्लिक्सले निर्मातासँग सम्झौता गरेको छ ।
सिजन २ को घोषणा मुम्बईको कार्टर रोडमा गरिएको थियो, जहाँ अनारकलिस भनिने चम्किलो परम्परागत भारतीय गाउन र घुंगरु लगाएर सजिएका १०० नर्तकको फ्ल्यास भीडले प्रस्तुति समेत दिएको थियो ।
‘हीरामण्डी २’ मा महिला लाहोरबाट फिल्मी दुनियाँमा आएका छन् । उनीहरू विभाजनपछि लाहोर छोड्छन् र उनीहरूमध्ये अधिकांश मुम्बई फिल्म उद्योग वा कोलकाता फिल्म उद्योगमा बस्छन् ।
भन्सालीले भनेका छन् ‘ उनीहरूले अझै नाच्न र गाउनैपर्छ, तर यस पटक नवाबका लागि होइन निर्माताका लागि । यहीअनुसार हामीले दोस्रो सिजनको तयारी गरिरहेका छौं, हेरौं यो कहाँ जान्छ । ’
मे १ मा स्ट्रिमिङ भएको यो श्रृंखलाले ४३ मुलुकमा नेटफ्लिक्सको गैरअंग्रेजी विधामा धेरै हेरिनेमध्ये सिरिजको रेकर्ड रचेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया