काठमाडौँ– चीनका वैज्ञानिकहरूले दृष्टिविहीन व्यक्तिहरूका लागि ६ खुट्टाको गाइड रोबोट विकास गरेका छन् ।
चीनको सांघाई जिओ टोङ विश्वविद्यालयको अनुसन्धान टोलीका वैज्ञानिकहरूले विकास गरेको यो रोवटले देशमा वास्तविक गाइड कुकुरहरूको अभावलाई सम्बोधन गर्ने दावी गरेका छन् ।
स्कुल अफ मेकानिकल इन्जिनियरिङका प्राध्यापक गाओ फेंगले गत बिहीबार विश्वविद्यालयको आधिकारिक वेबसाइटमा एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।
वास्तविक गाइड कुकुरहरूको लागि बलियो ब्याकअपको रूपमा, गाइड रोबोटले दृष्टिविहीन व्यक्तिहरूको बोलीलाई सही रूपमा चिन्न सक्छ र एक सेकेन्ड भन्दा कममा प्रतिक्रिया दिन सक्ने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रोबोटले स्वायत्त रूपमा आफ्नो गन्तव्यमा नेभिगेट गर्न, गतिशील रूपमा अवरोधहरू बेवास्ता गर्न र ट्राफिक लाइटहरू पहिचान गर्न अनुमति दिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया