मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भुटेको चना खानुहोस् हुन्छ यस्तो फाइदा

दैनिक भुटेको चना खानु स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ । भुटेको चनामा पाइने पोषक तत्वहरूले विभिन्न बिमारीहरूसँग लड्ने क्षमता प्रदान गर्छ ।

यसकारण जानी राख्नुहोस् भुटेको चना खानुका फाइदाहरूः
–चनामा प्रोटिन, क्याल्सियम, आइरन, कार्बोहाइड्रेट र फाइबर जस्ता पोषक तत्वहरू पाइन्छन् जसले शरीरलाई स्वस्थ राख्ने काम गर्छ ।
–भुटेको चना खाँदा शरीरको कमजोरी टाढा भाग्छ । साथमा यसलाई नियमित खाँदा रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ । यसमा हुने पोषक तत्वहरूले शरीरको इम्यूनिटी बढाउने काम गर्छन् ।
–भुटेको चना खाँदा पेटसँग जोडिएका समस्याहरू कम हुन्छन् । यसमा हुने तत्वले कब्जियत, अपच र ग्यासको समस्या पनि कम गर्छ ।
–बिहान नास्तामा भुटेको जना खाँदा रगत सफा हुन्छ । यसमा हुने पोषक तत्वले रगतलाई छान्ने काम गर्छ । साथमा यसलाई खाँदा शरीरको फोहोर पनि बाहिर निस्कन्छ ।
–भुटेको चना तौल कम गर्न खोजिरहेका व्यक्तिका लागि पनि एकदमै राम्रो आहार हो । नास्तामा अन्य तारेको चिल्लो चिजहरू खानुको साटो भुटेको चना सेवन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?