मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किम्फमा शनिबार दक्षिण कोरिया विशेष फिल्म प्रदर्शन हुँदै

काठमाडौँ – बुधरबारदेखि जारी २१औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा शनिबार दक्षिण कोरिया विशेष सिनेमा प्रदर्शन हुँदैछन्। पाँच दिने महोत्सवको चौथो दिन नेपाल– दक्षिण कोरिया मित्रताको ५०औँ वर्षगाँठको अवसर पारेर उल्जु माउन्टेन फिल्म फेस्टिभल कोरियाका फिल्महरूको विशेष प्रदर्शन हुन लागेको हो।

महोत्सवमा निर्देशक ली गा–क्युङको द हाउस अफ राइजिङ सन, निर्देशक चोइ वोन–जायको चौनियार्ड बी, निर्देशक जू–योङको अनकम्फर्टेबल, निर्देशक किम हाइ–मीको द ट्रिज होम र निर्देशक चोइ जिनयोङको द बोन गरी पाँच दक्षिण कोरियाली फिल्म प्रदर्शन हुन लागेका हुन्। यी फिल्म दिउँसो १ बजेदेखि ३ः३० बजेबीचको समयमा प्रदर्शन हुँदैछन् जसमा दक्षिण कोरियाबाट अतिथि बनेर आएका निर्देशकहरुसँग अन्तक्र्रिया पनि गरिनेछ।

दक्षिण कोरिया विशेष फिल्म् प्रदर्शनबारे किम्फ अध्यक्ष रम्यता लिम्बूले भनिन्, ‘नेपाल र दक्षिणको भाषा संस्कृतिमा भिन्नताका बावजुद धेरै कुरामा समानता छ। त्यो समानता यी फिल्महरुमा देख्न पाइन्छ।’

नेपाललगायत २२ देशका ६० भन्दा बढी फिल्म र वृत्तचित्र प्रदर्शन हुने महोत्सव जेठ २० सम्म चल्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?