मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्तो छ आजको मौसम पुर्वानुमान ?

काठमाडौँ– नेपालमा स्थानीय वायु,  पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बांग्लादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।

हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम  मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेश एक-दुईस्थानमा मेघगर्जन/चट्या्ङ्ग सहित हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश  लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी  पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी , मधेश  र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा  बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?