मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कोठामा अक्सिजनको मात्रा बढाउन अपनाउनुहोस् यी उपाय

काठमाडौँ– कोठामा इनडोर प्लान्ट्स रोपेर अक्सिजनको मात्रा बढाउन सक्नुहुन्छ । यस्तो हुँदा कोठा प्राकृतिक देखिन्छ भने देखिने दृश्यले मन समेत आनन्दीत बन्छ ।

त्यस्तै बिरुवाको स्याहार गर्दा तपाईँको मुड पनि फ्रेस रहन्छ । त्यसो भए कस्ता इनडोर प्लान्ट रोप्न सकिन्छ त ?

पिस लिली : पिस लिली ‘एयरप्युरिफाई’ प्लान्ट हो । यसले शान्ति र सौन्दर्य दुवै प्रदान गर्छ । यसको फूल सेतो रङको हुन्छ । यसलाई गमलामा रोपेर तपाईँको बैठक कोठामा सजाउन सकिन्छ । 

स्पाइडर प्लान्ट्स : स्पाइडर प्लान्ट्स धेरैले रोप्ने इनडोर प्लान्ट्स हो । यसले रातको समयमा अक्सिजन रिलिज गर्छ । यसको स्याहार गर्न पनि सजिलो छ । 

स्नेक प्लान्ट : यसले पनि रातमा अक्सिजन फाल्छ । त्यही कारण सुत्ने कोठामा राख्दा राम्रो हुन्छ । यसले तनावरहित र ऊर्जावान् बनाउन सहयोग गर्छ । यसलाई पहिले पानीमा बिरुवा उमारेपछि मात्र माटोमा सार्नुपर्छ । यसलाई हल्का घामको आवश्यकता पर्छ ।  

मनीप्लान्ट : यसले पनि रातमा अक्सिजन फाल्छ । त्यस्तै, यसलाई सौभाग्य र समृद्धिको प्रतीक पनि मानिन्छ । यसका ठूला, गोलाकार हरिया पत्ताहरू अक्सिजनका कारखानाजस्तै हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?