मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ट्रम्प सबै ३४ आरोपमा दोषी, जुलाई ११ मा सजाय तोकिने

जोयनेपाल
338
Shares
Former U.S. President Donald Trump attends the Trump Organization civil fraud trial, in New York State Supreme Court in the Manhattan borough of New York City, U.S., November 6, 2023. Eduardo Munoz/Pool via REUTERS

काठमाडौँ – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सबै ३४ आरोपमा दोषी ठहर गरिएको छ । 

उनी २०१६ मा व्हाइट हाउस आउनु अघि पूर्व पोर्न स्टार स्टर्मी डेनियलसँगको आफ्नो यौन सम्बन्ध लुकाउनको लागि व्यापार रेकर्ड झूटा गरेको आरोप छ । 

ट्रम्प दोषी घोषित हुने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । यद्यपी ट्रम्पले आफू विरुद्ध दर्ता भएको मुद्दालाई अपमानजनक र धोखाधडी भएको बताएका छन् । ट्रम्प आफ्नो छोरा एरिकको हात समातेर अदालतबाट बाहिर निस्किने क्रममा न्यायाधीशलाई विवादास्पद भनेका थिए । उनले भने, यो लाजमर्दो कुरा भएको बताउँदै यो मुद्दा एक विवादास्पद न्यायाधीशद्वारा सञ्चालित एक धाँधली परीक्षण भएको टिप्पणी गरेका छन् । 

उनले भने, ‘यति बेला देशैभर धाँधली भइरहेको छ । वाइडेन प्रशासनले राजनीतिक प्रतिद्वन्द्वीलाई चोट पुर्‍याउन यो सबै गरेको हो । मामिला टुङ्ग्याउन धेरै समय छ । हामी हाम्रो संविधानको लागि लड्नेछौँ । हाम्रो देश पहिलेको जस्तो रहेन, हामी विभाजित अवस्थामा छौँ ।’

अर्कोतर्फ, ट्रम्पलाई दोषी ठहर गरेपछि वाइडेनका चुनावी अभियानका प्रवक्ताले कानुनभन्दा माथि कोही नभएको बताएका छन् । अब आगामी जुलाई ११ मा ट्रम्पका यी अपराधका लागि सजायको सुनुवाइ हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?