काठमाडौँ– मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अर्थात् मह जोडीले अस्ट्रेलियामा ‘महजात्रा’को शुरुवात गरेका छन् । पर्थ र क्यानबेरामा आइतबार सोमबार कार्यक्रम सम्पन्न भएको छ ।
यसपछि सिड्नी, एडिलेड, मेलबर्न र न्युजिल्याण्डको अकल्यान्ड र क्राइस्टचर्चमा समेत महजात्राको आयोजना गर्नेछन् ।
उत्साहजनक उपस्थिती रहेको पर्थ र क्यानबेरामा महजोडीले आफ्नो चर्चित क्यारिकेचर प्रस्तुत गर्दै सामाजिक विषयमा कटाक्ष गरेका थिए ।
‘महजात्रा अष्ट्रेलिया–न्युजिल्याण्ड २०२४’ नाम दिइएको यो कमेडी टुरमा हरिवंश र मदनकृष्णसँगै किरण केसी पनि सहभागी छन् । उनले पनि टुरमा प्रस्तुति दिएका छन् ।
फिल्म र सांगीतिक कार्यक्रम मात्र हुँदै आएको अष्ट्रेलिया र न्युजिल्याण्डमा पछिल्लोपटक महजोडीले स्टेज कमेडी प्रस्तुत गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया