मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

छायाँनाथ रारा नगरपालिकाले लगायो मन्त्रीहरूलाई रारा प्रवेशमा रोक

मुगु– मुगुको छायाँनाथ रारा नगरपालिकाले सरकारका मन्त्रीहरूलाई रारा प्रवेशमा रोक लगाएको छ ।

सरकारले आर्थिक वर्ष २०८१–०८२ का लागि मंगलबार सार्वजनिक गरेको बजेट प्रस्तुतमा रारालाई नसमेटेको भन्दै नगरपालिकाका मेयर विष्णुकुमार भामले मन्त्रीहरूलाई रारा प्रवेशमा निषेध गरेका हुन ।

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा र नेपालको सबैभन्दा ठुलो ताल स्वर्गकी अप्सरा उपमा पाएको रारालाई सङ्घीय सरकारले बेवास्ता गरेको उनले बताए ।

रिफ्रेसमेन्टका लागि रारा घुम्न आउने तर यहाँको भौतिक संरचना निर्माणमा मन्त्रीहरूले ध्यान नदिएको उनको भनाई छ ।

एक वर्षमा रारामा कार्यक्रम गर्ने र खाने काम बाहेक रारा विकास र प्रवर्द्धनका लागि मन्त्रीहरूले केही काम नगरेको समेत उहाँले आरोप लगाएका छन् । आन्तरिक तथा वाह्य पर्यटकलाई भने रारामा स्वागत गरिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?