मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘मिसेस वर्ल्डमा’ नेपालको प्रतिनिधित्व गर्दै पृथ्वीया 

काठमाडौँ– सन् २०२३ की ‘मिसेस वर्ल्ड नेपाल’ विजेता पृथ्वीया थापा  ‘मिसेस वल्र्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्न अमेरिका उडेकी छिन् ।

प्रतियोगिता जनवरी १४ देखि १९ सम्म अमेरिकाको लस भेगासमा हुँदै छ । 

थापा रिबन इन्टरटेनमेन्टले गत कार्तिक २२ गते काठमाडौंमा आयोजना गरेको ‘मिसेस वर्ल्ड नेपाल २०२३’को उपाधि विजेता हुन्। 

विदाई कार्यक्रममा बोल्दै थापाले शीर्ष उपाधि नेपालमा नै भित्र्याउने लक्ष्यका साथ आफूले तयारी गरेको बताएकी छन् । 

पृथ्वीयाले विश्वका ४० सुन्दरीको सहभागिता रहने प्रतियोगितामा ‘नेसनल कष्ट्युम राउण्ड’मा पूर्वी नेपालको किराँत समुदायको संस्कृति झल्काउने ढाकाको पहिरन र गरगहना लगाउनेछिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?