मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भुल भुलैया ३ मा माधुरी दीक्षितको लुक सार्वजनिक

काठमाडाैँ – अनीस बज्मीको निर्देशनमा बनेको ‘भूल भुलैया ३’ स्टार कास्टका कारण चर्चामा छ । फिल्ममा कार्तिक आर्यन, तृप्ति डिमरी र विद्या बालनको प्रवेश पक्का भइसकेको थियो । अहिले सेटबाट केही तस्विरहरु सार्वजनिक भएका छन् जसमा बाँकी स्टारकास्ट र उनीहरुको लुक्स पनि सार्वजनिक भएको छ ।

दुई भागमा आएको ‘भुल भुलैया’ ले बक्स अफिसमा धेरै कमाई गरेको थियो । अब केही महिनामा रिलिज हुन लागेको तेस्रो भागको फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । फिल्मको छायांकन कोलकातामा सुरु भएको छ । अनीस बज्मीले ‘भूल भुलैया ३’ को छायांकनको पहिलो दिनको झलक देखाए । अब सेटबाट कलाकारको लुकसँगै विद्या बालनसँग फ्यानहरु हेर्न आतुर रहेका व्यक्तिको तस्विर पनि सार्वजनिक भएको छ ।

‘भुल भुलैया ३’ को सेटका तस्बिरहरू जुमले सेयर गरेको छ। हरर कमेडी फिल्ममा ‘धक धक’ गर्ल माधुरी दीक्षितको प्रवेश पक्का भएको छ । भुल भुलैया ३ को सेटमा उनी कालो साडीमा देखिएकी थिइन् । यससँगै विद्या बालनको लुक पनि सार्वजनिक भएको छ । उनी पनि माधुरीजस्तै कालो साडीमा देखिन्छिन् ।

तृप्ति डिमरी रातो साडीमा बंगाली लुकमा देखिएकी छिन् । जहाँ कार्तिक आर्यन रुह बाबाको अवतारमा देखिएका छन् । योसँगै थप तीन कलाकारको लुक्स सार्वजनिक भएको छ, जो बंगाली शैलीमा रोयल्टीजस्तै पहिरनमा देखिएका छन् ।

मनिष वाधवा र राजेश शर्मा पनि अनीस बज्मीको फिल्मको हिस्सा हुनेछन्। राजेश शर्मा बंगाली पोशाकमा देख्न सकिन्छ। जहाँ मनिष शर्मा पण्डितको लुक्समा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?