मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जब शाहरुखले मागेर लगाएको ज्याकेट ‘फेसन’ बन्यो

काठमाडौँ – शाहरुख खान र काजोलको ब्लकबष्टर फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’मा शाहरुख खानले लेदरको एउटा ज्याकेट लगाएका थिए ।  फिल्म रिलिज हुने बित्तिकै यो ज्याकेट निकै ट्रेन्डमा आएको थियो । 

तर शाहरुखले यो ज्याकेट लगाउने भनेर पहिलादेखि तय थिएन । ज्याकेट फिल्मको लागि डिजाइन गरिएकै थिएन । अझ रोचक त यो ज्याकेट फिल्म निर्माता आदित्य चोपडाका कान्छा भाइ उदय चोपडाको थियो ।

फिल्म निर्माण भइरहेको बेलामा उदय दाजुलाई निर्देशनमा सघाइरहेका थिए । एउटा गीत सुट गर्दा शाहरुखलाई जाडो भयो । उनले उदयको ज्याकेट मागेर लगाए । 

ज्याकेट हिरोलाई यति सुहाइरहेको थियो कि निर्देशकले फिल्मको चर्चित गीत ‘जरा सा झूम लु मे’ पूरै यही ज्याकेटमा सुट गरे । 

फिल्म रिलिज भएपछि प्योर लेदरबाट बनेको यो ज्याकेटको फेशन नै चल्यो । याे ज्याकेट उदयले क्यालिफोनिर्याको हार्ले डेभिडसनको शोरुमबाट ४०० डलरमा किनेका थिए । 

डीडीएलजे बिहाइन्ड द सिन सुट गर्ने पहिलो बलिउड फिल्म समेत थियो । आदित्यलाई मेकिङ प्रडयूस अर्थात् बिहाइन्ड द सिन सुट थर्ने काम दिइएको थियो भने उनी जिम्मा लगाईएको काम शूटिङ स्थलमा भिडियोग्राफर बनेर फिल्म बनिरहेका दृश्यहरू रेकर्ड गर्थे । 

पछि यसलाई फिल्मको प्रमोसनको काममा प्रयोग गरिएको थियो । दिलवाले दुल्हनिया ले जाएंगे सन् १९९५ को अक्टोबर २० मा रिलिज भएको थियो । आदित्य चोपडाको निर्देशन रहेको फिल्मको निर्माता यश जौहर थिए । 

फिल्ममा शाहरुख र काजोल बाहेक अनुपम खेर, अमरिश पूरी जस्ता कलाकारहरूको मुख्य भूमिका थियो । फिल्मले १० वटा फिल्मफेयर अवार्ड पाएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?