काठमाडौँ– सुप मन नपराउने को नै हो । अधिकांश नेपालीलाई मःमसँगै सुप धेरै नै मन पर्छ । त्यसैले पनि हरेक होटेलमा सुप अनिवार्य रुपमा राखिएको हुन्छ ।
खाना बनाउन होस् या त खान पछि मुखलाई मिठास बनाउनको लागि सुप (सौँफ) लाई राखिएको हुन्छ । मुखबाट आउने दुर्गन्धलाई भगाउनका लागि सुप खाने गरिन्छ । यसका साथै यसलाई औषधिको रुपमा पनि प्रयोग गरिन्छ ।
सुपमा भिटामिन, पौषण तत्व, र खनिज, भिटामिन सी, भिटामिन ए, फाइबर, पोटासियम, जिंक आइरन र क्याल्सियमको भण्डार हुन्छ । यसमा एन्टी अक्सिडेन्ट, एन्टी इम्फ्मेटरी र जिवाणुरोधी गुण हुन्छ । जुन स्वास्थ्यको कैयन समस्यालाई टाढा गर्छ । आज हामी तपाईलाई यसको फाइदाबारे जानकारी दिँदै छौँ ।
क्यान्सरलाई टाढा राख्छ
सुप क्यान्सरको लागि धेरै उपयोगी हसन्छ । चिकित्सकको भनाइ अनुसार यसमा क्यान्सर रोधी गुण हुन्छ । सुपमा शक्तिशाली एन्टी अक्सिडेन्ट गुण हुन्छ । जुन रेडिकल्सकोलाई असर गर्दैन । अक्सिडेटिवले तनाबलाई मुक्त गर्छ । त्यसैले यसले क्यान्सरलाई रोक्ने काम गर्छ ।
दममा फाइदाजनक
सुपमा फाइटोन्यूट्रिएट्स मात्राले साइनसलाई हटाउन मद्दत गर्छ । सुपले ब्रोन्कियलमा राहत दिन्छ । जुन दमको लक्षणलाई कम गर्न मद्दत गर्छ । सुपमा पाइने पाइथोन्युट्रिएन्ट् दमको लागि फाइदाजनक हुन्छ ।
स्तनपान गराउने महिलाको लागि फाइदाजनक
सुपमा गैलेक्टोजेनिक गुण हुन्छ । यसले दूध बढाउनको लागि मद्दत गर्छ । अनुसन्धानका अनुसार यसको सेवनले रगतमा प्रोलैक्टिनका स्तर बढाउनको लागि सहयोग गर्छ । यो हर्मोन शरीरको स्तनको दूधको उत्पादनमा गर्न संकेत गर्छ । यही कारणले प्रसव पछि आमालाई सुप चपाउनका लागि दिने गरिन्छ ।
आँखाको लागि फाइदाजनक
आँखामा आउने सानोतिनो समस्याको समाधानको लागि यसको महत्व धेरै छ । यदि आँखामा कुनै किसिमको जलन या खराबी भएको छ भने आँखामा सुपको वाफ लिन सक्नु हुन्छ । यसले तपाईलाई सहयोग गर्छ । यसको लागि सुपलाई सुतीको कपडामा बेरेर हल्का तताएर आँखामा सेक्न सकिन्छ । तर धेरै तताउनु हुन्न । आँखाको रोशनी बढाउनको लागि भिटामिन ए, भिटामिन सि भूमिका महत्वपूर्ण हुन्छ । यसमा भिटामिन ए हुन्छ । यसको सेवनले बुढेसकालमा पनि तपाईका आँखालाई तेजिलो बनाउन सक्छ ।
कोलस्ट्रोललाई नियन्त्रणमा राख्न
यसमा फाइबरको मात्रा धेरै हुन्छ । फाइबरले खानामा हुने कोलस्ट्रोललाई कन्ट्रोलमा राख्नको लागि मद्दत गर्छ । चिकित्सकका अनुसार फाइबरयुक्त खानाले कोलस्टोरलाई बढाउँछ । फाइबरले रगतमा कोलस्टोरलाई घुल्नको लागि रोक्छ । यसले हृदयलाई पनि स्वस्थ राख्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया