मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कवि मधुसुदन घिमिरेको कविता सङ्ग्रह ‘मायाको आयतन’ सार्वजनिक

काठमाडौँ– कवि मधुसुदन घिमिरेको कविता सङ्ग्रह ‘मायाको आयतन’ मंगलबार सार्वजनिक भएको छ । हिजो काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी फरक क्षमतासमेत रहेका कवि घिमिरेके सो कविता सङ्ग्रह सार्वजनिक गरिएको हो ।

सो कवितासङ्ग्रह पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा कवि उषा शेरचन, विप्लक प्रतीक, हेक प्रभासलगायतले संयुक्त रूपमा सार्वजनिक गरेको जनाइएको छ ।

खनालले मधुसुदन घिमिरे दृष्टिविहीन भए पनि मनको आँखाले सामान्य मानिसले भन्दा धेरै महसुस गर्ने गरेको बताए ।

१२५ थान छोटा कविताहरू सङ्ग्रहित कवितासङ्ग्रहलाई साहित्य पोस्टले प्रकाशन गरेको हो । सङ्ग्रहमा प्रेम सम्बन्ध, सामाजिक समस्या, देश तथा युवाहरूको वर्तमान अवस्था समेटिएका कविता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?