मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पत्रकारद्वय सुकृत नेपाल र रेणुका ढकाललाई ‘राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार’

काठमाडौँ– पत्रकारद्वय सुकृत नेपाल र रेणुका ढकाललाई ‘राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको छ ।नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले दुवैलाई लामो समयदेखि ललितकला पत्रकारितामा योगदान पुर्‍याएकाेमा सम्मान गर्दै उक्त पुरस्कार प्रदान गरेको हो ।

मङ्गलवार प्रतिष्ठानले राष्ट्रिय ललितकला प्रदर्शनीकै अवसरमा नेपाल र ढकालका साथै कला लेखक तथा कलाकारहरुलाई समेत पुरस्कृत गरेको छ । नेपाल र ढकाल क्रमशः गोरखापत्र दैनिक र राइजिङ नेपालमा कार्यरत छन् ।

दुवैले लामो समयदेखि ललितकला क्षेत्रमा समाचार सङ्कलन तथा लेखनलाई निरन्तरता दिँदै आएका छन् । दुवैलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री तथा प्रतिष्ठानका संरक्षक हितबहादुर तामाङले जनही ३० हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरे ।

दुवैले पुरस्कारले अझै कला पत्रकारिता लेखनका लागि प्रोत्साहन दिएको सुनाउँदै कला क्षेत्रका साहित्य, सङ्गीत, नाट्य, चलचित्र विधामा समेत यस्ता खाले पुरस्कार हुनुपर्ने धारणा राखे ।

प्रतिष्ठानले यस वर्ष ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान’ पूर्व कुलपति तथा प्राज्ञ किरण मानन्धर र वरिष्ठ हस्तकलाकार श्यामवदन श्रेष्ठलाई प्रदान गरेको छ । यस पुरस्कारको राशि एक लाख ५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।

त्यस्तै, ‘सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार’ सुरेश लवट तुलाधरलाई प्रदान गरियो । यस पुरस्कारको राशि एक लाख र सम्मानपत्र रहेको छ ।

६० हजार रुपैयाँ पुरस्कार रहेको ‘ललितकला लेखन पुरस्कार’ भने प्राज्ञ ज्ञानेन्द्र विवशलाई प्रदान गरिएको छ । प्रतिष्ठानले ललितकलाका विभिन्न विधामा रहेर योगदान पुर्‍याएका ६० जना भन्दा बढी कलाकारहरुलाई समेत पुरस्कृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?