मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय गीत लेखन प्रतियोगिता २०८१ हुने

काठमाडौँ– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय गीत लेखन प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्र, राष्ट्रियता र गणतन्त्रलाई संस्थागत गर्न सहयोग पु¥याउने उद्देश्यसहित प्रतिष्ठानले सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतिष्ठानले मंगलबार एक सूचना जारी गर्दै सो प्रतियोगिता गर्ने जनाएको हो । सूचनामार्फत प्रतिष्ठानले सहभागी हुन चाहने व्यक्तिले जेष्ठ मसान्तभित्र कम्प्युटर टाइप गरी आवेदन दिन सक्ने जनाइएको छ । इच्छुक व्यक्तिले आवेदन प्रतिष्ठानको कार्यालयमा बुझाउनु पर्ने सो सूचनामा उल्लेख गरिएको छ ।

प्रतियोगितामा सहभागी हुने व्यक्तिले प्रतिष्ठानले निर्धारण गरेको मापदण्ड पालना गर्नुपर्ने छ । प्रतिष्ठानले गीत राष्ट्र, राष्ट्रियता र गणतन्त्रलाई संस्थागत गर्न सहयोग गर्ने राष्ट्रिय भाव भएको हुनुपर्ने जनाएको छ । गीत नेपाली भावा वा नेपालका अन्य राष्ट्रभाषामा पनि पेश गर्न पाइने छ । अन्य राष्ट्रभाषाको हकमा अनिवार्य रुपमा नेपाली अनुवाद गरी पठाउनु पर्ने छ । र गीत कुनै पनि सामाजिक सञ्जाल, विद्युतीय वा छापा माध्यमबाट प्रसारित वा प्रकासित नभएको हुनुपर्ने प्रतिष्ठानले मापदण्ड निर्धारण गरेको छ ।

आवेदकले व्यक्तिगत विवरण, हाल सालै खिचेको एकप्रति पासपोर्ट साइजको फोटो, परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपी, सम्पर्क फोन वा मोबाइल नम्बर र इमेल ठेगाना आवेदनसँग पठाउनु पर्ने सो सूचनामा उल्लेख गरिएको छ ।

आवेदकको गीत छनौट मूल्यांकन समितिको निर्णयनुसार हुने जनाइएको छ । हरेक प्रदेशबाट उत्कृष्ट हुने एक–एक वटा गीतलाई पुरस्कृतको व्यवस्था गर्ने प्रतिष्ठानले जनाएको छ । साथै उत्कृष्ट गीतलाई रेकर्ड गर्नुका साथै सर्वोत्कृष्ट तीन वटा गीतको म्युजिक भिडियोसमेत तयार गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?