मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दाङ बस दुर्घटना : मृत्यु हुनेको संख्या १२ पुग्यो (अपडेट)

काठमाडौँ – नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेर मृत्यु हुनेका संख्या १२ पुगेको छ ।

शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित भे १ ख ३९१२ नम्बरको बस राप्ती नदीमा खसेको थियो ।

दुर्घटनामा मृत्यु हुने एक जना महिला र ११ जना पुरुष रहेकाे दाङका एसपी रामबहादुर केसीले जानकारी दिए । धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ ।

घाइतेहरूलाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाइएको छ ।

दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ । सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

घाइतेहरूलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?