काठमाडौँ – महिला ट्राफिक प्रहरीले अब महिनावारीका बेला सडकमा डिउटी गर्नु नपर्ने भएको छ ।
गणतन्त्र दिवसका अवसरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यस्तो घोषणा गरेका हुन् । उनीहरूको ठाउँमा ट्राफिक नियम उल्लङ्घन गरेकालाई स्वयंसेवकका रूपमा खटाइने उनको भनाइ छ ।
सामाजिक सञ्जालमा उनले पोस्ट गरेका छन् ‘गणतन्त्र दिवस अवसरमा शुभकामनासहित एउटा सानो प्रयास अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन ।’
उनी लेख्छन्, ‘मापसेलगायत ट्राफिक नियमको उलङ्घन गर्नेहरूले स्वयम् सेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया