मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आँखालाई कसरी स्वस्थ राख्ने ?

शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो आँखा । त्यसैले आँखाको हेरचाह गर्नु अत्यन्त जरुरी हुन्छ । अत्यधिक काम गर्दा, उज्यालो स्क्रिन बढी हेर्दा पनि आँखा कमजोर हुन्छ ।

दिनभरि कम्प्युटरमा बस्नेहरूले आँखाका कारण विभिन्न समस्या भोग्नु पर्दछ । यस्तोमा घरेलु उपचारमार्फत आँखाको तेज बढाउन सकिन्छ ।

– काम गर्दागर्दै आँखालाई केही बेर आराम दिनु पर्दछ ।

– दुवै हत्केला रगडेर तातो बनाइ आफ्ना आँखा छोप्दा आँखाका मांसपेशीले आराम पाउँछ ।

– गाजर, सुन्तला, मौसम जस्ता भिटामिन ए भरपुर भएका पहेँला फलफूल खाने ।

– दैनिक पैताला र खुट्टाका औँलामा सर्स्युँको तेलले मालिस गर्दा पनि आँखाको तेज बढ्छ ।

– पालुङ्गोको साग र गाजरको जुसले पनि आँखा मजबुत बनाउँछ ।

– राति सुत्नुअघि दूधमा अलैँची पिसेर अलिकति हालेर पिउँदा आँखा स्वस्थ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?