मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकी अभिनेता जोनी वाक्टरको गोली हानी हत्या

काठमाडौँ – अमेरिकी अभिनेता जोनी वाक्टरको गोली हानी हत्या गरिएको छ ।

लसएन्जल्सस्थित वेस्क पिको बुलेभार्ड र साउथ होप स्ट्रिटको कुनामा पार्क गरि राखिएकाे उनकाे कारको एक भाग चोर्ने प्रयासमा रहेका व्यक्तिले उनको हत्या गरेका हुन् ।

आक्रमण गर्नेहरु क्यालिटीक कन्भर्टर हटाउन प्रयासरत थिए । सोही समयमा आइपुगेका ३७ वर्षे अभिनेतालाई उनीहरूले आक्रमण गरेका थिए । आक्रमणबाट जोनी गम्भीर घाइते भएका थिए । क्यालिटिक कन्भर्टर महंगो मूल्यमा बिक्री हुने फलामको साधन हो ।

 घटनापछि फरार अभियुक्त पक्राउ परेका छैनन् । जोनीकी आमा स्कार्लेटले आफ्नो छोरा कामबाट फर्किएर कारतर्फ आइरहँदा यो घटना भएको बताइन् । ‘ऊ आफ्नो कारतर्फ अगाडि बढिरहेको थियो । उसको कार छिमेकीको घरको अगाडि थियो । 

स्कार्लेटले भनीन् ‘उसले कारलाई ढल्किरहेको देखेपछि उसले त्यो व्यक्तिलाई ‘तिमी मेरो कार उठाइरहेका छौ ?’ भनेर सोधेपछि त्यो व्यक्तिले गोली हान्यो ।’

वाक्टरले ‘जनरल हस्पिटल’मा दुई वर्ष काम गरेका थिए । उनले २०१३ एनबीसी सिरिज ‘साइबेरिया’ र एचबीओको ‘वेस्टवल्र्ड’मा दुई एपिसोडमा पनि काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?