मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली चलचित्र क्षेत्रको नाम अब ‘सिनेमाण्डु’ 

काठमाडौँ – कलिउडबाट चिनिने नेपाली चलचित्र क्षेत्रको नाम अब परिवर्तन हुने भएको छ ।  चलचित्र विकास बोर्डमा सोमबार बसेको चलचित्र सम्बद्ध संस्थाले सर्वसम्मत रूपमा उद्योगको नाम  ‘सिनेमाण्डु’ राख्ने निर्णय गरेका हुन् । 

‘छलफलमा आएको तीन ओटा नाममध्ये उनीहरूले ‘सिनेमाण्डु’ सर्वसहमत पास गरेका हुन भने असोज १५ लाई राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय समेत यो बैठकले गरेको चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिए । 

अब बोर्डको बैठक छिट्टै डाकेर त्यसलाई अनुमोदन गर्ने छ भने नाम अव सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइने छ । मन्त्रालयले यो नामलाई मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ । मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि आधिकारिक रूपमै नेपाली फिल्म क्षेत्रको नाम ‘सिनेमाण्डु’ हुनेछ । 

नामकरणबारेको सहमतिमा सहभागी संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । बैठकमा चलचित्र निर्माता संघ, चलचित्र संघ, आदिवासी चलचित्र संघ लगायत थुप्रै संघसंस्थाको प्रतिनिधिको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?