काठमाडौँ– गत शनिबारबाट प्रदर्शनीमा आएको मनोव बाजपेयीकाे एक्सन प्रधान फिल्म ‘भैयाजी’ लाई दर्शकले पूर्ण रुपमै अस्वीकार गरेका छन् । यस फिल्म असफल हुनुको धेरै कारणहरु छन्, तीमध्ये सही तरिकाले फिल्मको प्रचार प्रसार नगर्नु एक कारण हो ।
फिल्ममा मनोजको अभिनय एकदम राम्रो पक्ष छ । तर पनि उनको यो फिल्म भारतीय बक्स अफिसमा खराब छ । एकदम कम कमाइमा फिल्मको सुरुवात भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । शनिबारको तुलनामा आइतबार फिल्मको कमाइ केही राम्रो भए पनि सन्तोषजनक भएन ।
फिल्मले पहिलो दिन एक दशमलव ३५ करोड भारु कमाई गरेको थियो । दोस्रो दिन एक दशमलव ७५ करोड भारु कमाई गरे पनि तेस्रो दिन देशभरबाट एक दशमलव ९ करोड भारु कमाएको जनाइएको छ । फिल्मले हालसम्म देशभरबाट करिब ५ करोड भारु कमाएको जनाइएको छ ।
फिल्मको कहानी बिहारको बाहुबली राम चरण अर्थात् भैया जीसँग आधारित रहेको छ । जो आफ्नो बुबाको भनाईबाट हिंसाको बाटो छोडेर परिवारको साथमा रहेका हुन्छन् । यसैबीचमा दिल्लीमा उनको भाईको हत्या हुन्छ । भाइको हत्यारासँग बदला लिनको लागि फेरी हतियार लिन्छन् । फिल्मको कहानी यसैमा केन्द्रीत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया