चिया संसारमा सबैभन्दा बढी पिइने पेय पदार्थ हो । आजको समयमा हरेक घरमा चिया पिएको देख्न सकिन्छ । चियाका धेरै प्रकार छन्, जसमध्ये दूधको चिया सबैभन्दा लोकप्रिय छ ।
तर के तपाईँलाई थाहा छ ? दूध मिलाउँदा चिया विषाक्त हुन्छ । विशेष गरी यी ५ स्वास्थ्यसम्बन्धी समस्याको सामना गरिरहेका व्यक्तिका लागि दूधको चियाको एक चुस्की विष बराबर हुन्छ । चियाको सेवनले स्वास्थ्य समस्याहरू पनि निम्तन सक्छ ।
आइरनको कमी
यदि तपाईँको शरीरमा आइरनको कमी छ भने दूधसँग चिया धेरै कम सेवन गर्नुहोस् वा पटक्कै पनि नखानुहोस्। एनसीबीआईका अनुसार चियामा ट्यानिन नामक यौगिक हुन्छ, जसले शरीरलाई आइरन अवशोषित गर्नबाट रोक्छ ।
डिप्रेसन या तनाव
तपाईँ चिया पिए लगत्तै केही स्फूर्ति महसुस गर्न सक्नुहुन्छ । तर यदि तपाई डिप्रेसन वा तनावबाट गुज्रिराख्नुभएको छ भने चिया सेवन नगर्नुहोस् । चिया पिउनाले यसको समस्या अझ गम्भीर बन्न सक्छ ।
रातमा अनिद्रा
यदि तपाई राति निदाउन सक्नुहुन्न भने यसको पछाडिको सबैभन्दा ठूलो कारण चिया हुन सक्छ । विशेष गरी यदि तपाईँ यसलाई साँझमा प्रयोग गर्नुहुन्छ भने तपाईँको लागि यो थप घातक बन्न सक्छ । एनआईएचमा प्रकाशित एक रिपोर्ट अनुसार, क्याफिनले मेलाटोनिनको उत्पादन रोक्छ, जसले निद्रा नलाग्ने समस्या बढाउँछ ।
खराब पाचन
दूधको चियाले तपाईँको पाचन खराब बनाउन सक्छ । यसमा पाइने क्याफिन र फ्याटले एसिड बढाउँछ । जसले पाचन पक्रिया नै पूर्ण असन्तुलित गराउँछ ।
मुटु रोग
यदि तपाईँ मुटु रोगी हुनुहुन्छ भने दूधको चिया नखानुहोस् । यसले तपाईँको रोगलाई थप बढाउन सक्छ। तर, थोरै मात्रामा चिनी बिनाको कालो चिया पिउनु मुटुका लागि सुरक्षित मानिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया