दम रोगदेखि माइग्रेन र क्यान्सरसम्म ठिक पार्ने रिट्ठाको दानाको समुचित प्रयोग कसरी गर्ने यसबारे हामीलाई जानकारी छैन । रिट्ठा एक किसिमको फल हो जसलाई सुकाएर साबुन, डिटर्जेन्ट र श्याम्पू बनाउन प्रयोग गरिन्छ । रिट्ठा र त्यसको पाउडर पनि सजिलै पाइन्छ । यसको प्रयोग कपाललाई बलियो र कालो बनाउनका लागि गरिन्छ अनि यसले स्वास्थ्य सम्बन्धी धेरै समस्या समाधान गर्छ ।
माइग्रेन भएपछि शिरको आधी भागमा चर्को पीडा हुन्छ । रिट्ठाको प्रयोगले पीडाबाट राहत पाउन सकिन्छ । रिट्ठाको धूलोमा अलिकति मरिच र पानी मिसाउनुस् । यो घोललाई चार पाँच थोपा नाकमा हाल्दा माइग्रेनको पीडा भाग्छ ।
त्यसैगरी दमको रोगीलाई सास लिन अप्ठ्यारो हुन्छ अनि धूलो र धुवामा त खपि नसक्नु खोकी लाग्छ । यस्तो अवस्थामा पाँच ग्राम रिट्ठाको धूलोमा २५० मिलिलिटर पानी मिसाएर काँढा बनाएर पिउँदा लाभ हुन्छ ।
दिनमा दुई तीनचोटि काँढा पिउँदा कफ ठिक हुन्छ र सास फेर्न सजिलो हुन्छ । दाँत दुखेमा रिट्ठाका बिउलाई तावामा भुटेर त्यस बराबर फिटकीरी मिसाएर पिस्नुस् । अब यसलाई दाँतमा दल्नुस् । आराम पाउनुहुनेछ । आउँ पर्ने आउँ पर्दा दिसासँग रगत आउँछ र असाध्यै पीडा हुन्छ ।
यस्तो अवस्थामा पनि रिट्ठाको प्रयोग गर्न सकिन्छ । आधा लिटर पानीमा रिट्ठाको धूलो हालेर पकाउनुस् र चिसो भएपछि आधी कप पिउनुस् । दिनदिनै यो पानी पिउँदा आउँ ठिक हुन्छ । अनियमित रजस्वला यसका लागि रिट्ठाको धूलो दुई ग्राममा अलिकति मह मिसाएर खाँदा रजस्वला नियमित हुन्छ ।
रिट्ठाको धूलो सेवनले विभिन्न अङ्गको क्यान्सरबाट बचाउँछ । घाउ खटिरा तथा छाला सम्बन्धी रोगमा पनि रिट्ठाको पानीले औषधिको काम गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया