मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुगल मिटले थप्यो एआई आधारित नयाँ फिचर 

काठमाडौँ – गुगल मिटले एआईमा आधारित नयाँ फिचर सार्वजनिक गरेको छ । बीट भनिने यो फिचरले एआईको सहयोगमा प्रयोगकर्तालाई कस्टम ब्याकग्राउन्ड बनाउन सहयोग गर्ने छ ।  

गुगल मीटको यो सुविधा कम्प्युटरमा मात्र उपलब्ध छ । यो सुविधा प्रयोग गर्न, प्रयोगकर्तासँग गुगल वर्क स्पेस ल्याबमा पहुँच हुनु अनिवार्य छ । 

गुगल मिटमा एआई सुविधाहरू प्रयोग गरेर भिडियो कल सुधार गर्न सकिन्छ । त्यसका लागि सबै भन्दा पहिले, प्रयोगकर्ताले कम्प्युटरको वेब ब्राउजरमा गुगल मिट खोल्नु पर्छ । 

यसपछि तपाईँ मिटिङमा सामेल हुनुपर्नेछ, वा नयाँ  मिटिङ शुरु गर्नुपर्छ । 

गुगल मिट खोलिसकेपछि, आफ्नो भ्यू विन्डोमा तीनवटा ठाडो थोप्ला क्लिक गर्नुहोस् । त्यसपछि मेनुमा जानुहोस् र अप्लाई भिजुअल ईफेक्ट अप्सनमा क्लिक गर्नुहोस् । 

अप्लाई भिजुअल ईफेक्ट अन गरेपछि प्रयोगकर्ताले ब्याकग्राउन्ड सेक्सन अन्तर्गत ब्याकग्राउन्ड जेनेरेट गर्ने विकल्प पाउनेछन् । गुगल मिटमा, ब्याकग्राउन्ड फोटोको लागि टेक्स्ट बक्स भित्र थोरै जानकारी इन्टर गर्नुपर्छ । अब तपाईँले जस्तो टेक्स हाल्नुहुन्छ त्यही अनुसारका फोटो एआईले तयार गर्ने छ । 

यसमा क्लासिक र आधुनिक जस्ता विकल्पहरू उपलब्ध हुनेछन् । यस्तो अवस्थामा, प्रयोगकर्ताहरूले आफ्नो सुविधा अनुसार उत्तम प्रम्प्ट छनौट गर्न सक्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?